कविता : बुढाहरु खाडीमा बुढीहरु बारीमा



गाउँमा हजुर खेतीबारी सबै नै बाँझो
अर्मपर्म गरेर बारी खन्ने चाजोपाजो।

बुढा जति सबै नै रोजगार खाडीमा
मेलापात गरि खन्दै बुढीहरु बारीमा।

अनुभव छ गमला गोडेको शहरमा
खन्दै छन् बुढीहरु बाध्यता कि रहरमा!

गाउँमा छ खेत बारी सबै नै पो बाँझो
मिलाए पर्म गरि बारी खन्ने चाजोपाजो।

खुसी थिए गमला गोड्दा गोड्दै शहरमा
खेत बारी खन्दैछन् बाध्यता कि रहरमा?

बुढा जति रोजगारको लागि खाडीमा
हलो जोत्ने मान्छे छैनन् अहिले बारीमा।

टिकटक बनाउदा समय बित्यो पहिले
खेती बारी खन्दैछन् कमलाहरु अहिले।

नातिनातिना खेलाउदैछन् घरमा ससुरा सासू
बल्ल अब झर्ने भयो यिनको पिँडुलाको मासु।

गीत गाउदै बारी खन्दै छन् असारे भाकामा
शहरिया बन्दा फुली छैन यिनिहरुको नाकमा।

धन्यवाद

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्