बाँदरहरु प्रति सुन्दरीको मोह देखियो।
राष्ट्रिय सभामा कुन्नि एउटा कविता वाचन भेटियो।।
पोइल जान पाम भनेको पनि धेरै वर्ष भयो।
खै ! कुन्नि किन हो एउटा राम्रो बादर नपाएर सपना अधुरै रह्यो।।
बाँदरहरुको आफ्नो घर हुदैन ।
सुन्दरीहरुको पनि आजकल भर हुदैन।।
देश बनाउने समयमा कविता वाचन गेरेको भेटियो।
देश र जनताको कुरा नगरि यहाँ हजारौं नेपालीको घाँटी रेटियो।।
बेलैमा पोइल जान पाएको भए हुन्थ्यो होला एउटा घोर्ले छोरो।
प्रधानमन्त्री नै नभए पनि पक्कै मन्त्री चै हुन्थ्यो होला त्यो मोरो।।
कर्मैमा रैनछ बेलैमा पोइल जान पाएको भए जन्मिथ्यो होला हिराको डल्लो।
यो कर्म पनि फुटेको नै रहेछ कठै यो जिन्दगी भयो ऐले खल्लो!
सुनिन्छ एउटा लङुर बादरले खै कुन्नि कस्लाई हो लखेट्या!
पोइल जान पाएको भए लाग्थ्यो होला कठै पखेटा!
धन्यवाद
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।