कविता : चार्टर उडान



गरिब देशका नै कति धनी रहेछन् त कामदार।
कस्ले निर्णय गर्‍यो कुन्नि हजुर यस्तो दमदार।।

चिसो चुलो नजलेर वैदेशिक रोजगारमा कामदार जाने।
हुने आम्दानी जति सबै टिकटले नै पो खाने।।

कठै! गरिब देशको सरकरको धनी नै पो चाला।
टिकटको मुल्य लाख भन्दा माथि त्यो पैसा कस्ले खाला?

रेमिटेन्समा छ कि छैन भन्दे खाडीको योगदान?
यत्रो पैसा तिर्नु पने कामदारले दान हो कि यो बलिदान!

बीस पच्चीस हजारको टिकटलाई आजकल लाख भन्दा माथि!
हिमालय एरलाइन्सले लिने टिकटको मुल्य सगरमाथाको उचाइ भन्दा माथि।।

हिजो नेपाली जनतालाई दु:खमा साथ दियो खाडीले।
कस्तो दु:ख दियो त हजुर कामदारलाई बयल गाडीले।।

यत्रो पैसा हजुर कसकसले नै पो बाढेर खान्छन् ?
गिद्धले सिनो खाए झैँ भाग लगाएर कति कति लान्छन्?

किन चुपचाप लागेर कानमा तेल हालेर बसेको नागरिक उड्डयनमन्त्री?
जुन जोगी आए पनि उस्तै नै हुन वै रो लाई चोरका खन्ती।।

प्राइभेट मेनपावरलाई फ्री भिषा फ्री टिकट नै लाउने!
सरकार आफूले चाहिँ इजरायल कोरिया कामदार पठाउदा हजार डलर लिन पाउने !

नेपाल सरकार अभिभावक हो कि होला त व्यापारी ?
विदेश जाने गरिब कामदार सँग पैसा लिन्छ डल्लो पारि।।

उता कतार जाने कामदार सँग क्युभिसिले मेडिकलमा पैसा लुट्दैछ।
सिन्डिकेट बनाएर कामदार र मेनपावर कम्पनीको पसिना छुट्दैछ।।

जाबो तीस पानाको कागजको राहदानीको मुल्य पन्ध्र हजार लिने!
प्राइभेट मेनपावर कम्पनीले विदेश बाट फ्री भिषा टिकट टिपेर ल्याइदिने!

धन्यवाद

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्