गीत: क्यूभिसीलाई हटाउ अब सर्पले झै बेरेर



क्यूभिसीलाई हटाउ अब सर्पले झै बेरेर।
के गरेर बसेका छौ व्यवसायी कामदार कस्को मुख हेरेर?

क्यूभिसीलाई घेर्न जाउ घेर्न जाउ चक्रपथैमा।
क्यूभिसिले दु:ख दियो कतार जाने कामदारलाई व्यर्थैमा।।

क्यूभिसीलाई हटाउ अब सर्पले झै बेरेर।
के गरेर बसेका छौ व्यवसायी कामदार कस्को मुख हेरेर?

कतारमा कामदार पठाउने भन्छ सत्र मेनपावरले मात्रै घेरेर ।
बाँकी मेनपावर किन चुपचाप बसेका छौ कस्को मुख हेरेर ।।

लाइसेन्स धरौटी एउटै छ है सबको बराबर।
नेपालीको संविधानले भन्छ सिन्डिकेट लाउनु गल्ती हो सरासर।।

क्यूभिसीलाई हटाउ अब सर्पले झै बेरेर।
के गरेर बसेका छौ व्यवसायी कामदार कस्को मुख हेरेर?

क्यूभिसिमा मेडिकल गर्न पैसा लाग्छ चार सय नब्बे कतारी रियाल।
मेडिकल गर्न नाम आउछ भन्छन् टेवल मुनि दस हजार दिएर।।

मेडिकल गर्न आएका छन् गरिब कामदार बाटो खर्च लिएर ।
कहाँ बस्ने के खाने तिनले विचारा भको पैसा क्यूभिसीलाई दिएर।।

आएका छन् बाटो खर्च लिइ श्रीमतीको नाकको फुली बन्धकी नै राखेर।
नामै आउदैन मेडिकल गर्न क्यूभिसिका कर्मचारीलाई बिना भाकेर।।

क्यूभिसीलाई हटाउन अब सर्पले झै बेरेर ।
के गरेर बसेका छौ व्यवसायी कामदार कस्को मुख हेरेर?

भन्छ सरकार हुनुपर्छ कामदारलाई शन्यू लागत।
यस्तो सिन्डिकेटलाई हटाउने नेपाल सरकारको छ त तागत?

लुकेको छ है यसको क्यूभिसी भित्र भित्री तागत ।
कतार पुलिसमा जानलाई यसले त्योक्यो नौ दस लाख लागत।।

कहाँ बाट ल्याउनु कामदारले त्यत्रो पैसा फुली बेचेर।
कठै गरिब जीउँदै मर्ने भए अब ॠणले थिचेर!

क्यूभिसीलाई हटाउ अब सर्पले झै बेरेर।
के गरेर बसेका छौ व्यवसायी कामदार कस्को मुख हेरेर?

सरकार भन्छ सधै कामदारलाई हुनुपर्छ शन्यू लागत।
तीस पानाको कागजको राहदानी निसुल्क : दिने सरकार सँग छ त तागत ?

सरकार व्यपारी हो कि नाफा खोरी भन्देउ है जनता।
इजरायल कोरिया कामदार पठाउन किन हजार डलर लिन्छन् अनि त?

पाइभेट मेनपावरले खोजि ल्याएर फ्री मा दिनु पर्ने!
कस्तो अच्म सरकारले भने कामदार सँग हजार डलर लिनु पर्ने !

फ्री मै कादर पठाउनु पर्ने भए फिर्ता गर करोडौं को धरौटी ।
सान मेनपावरलाई दु:ख दिएर हटाउन निर्णय गरे मन्त्रीले एकलौटी।।

वावा वावा भने सबले मन्त्रीलाई कुरै नबुझेर।
नजिकका आसेपासेलाई मात्रै काम गर्न दिने विचार गरे यिनले लाभमा भिजेर।।

गयो भिषा नेपालको भारत पाकिस्तान बंगला देश।
बहुरुपी नै आउछन् यो देशमा सस्तो नारा सस्तै छ भेष।।

क्यूभिसीलाई हटाउ अब सर्पले झै बेरेर।
के गरेर बसेका छौ व्यवसायी कामदार कस्को मुख हेरेर?
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्