कविता “हाम्रो देशको राष्ट्रिय झण्डा”



हाम्रो देशको झण्डा प्यारो छ हामी  भन्दा।
कति पवित्र छ छैन कतै नै खराब गन्ध।।
चन्द्र सूर्य रहेसम्म नै यो झण्डा रहन्छ।
नेपाल  र नेपाली सारा यसै भित्र कहन्छ।।
सगरमाथा भन्दा यसको शिर उच्चो छ।
गोलाकार नभै यसको बनावट चुच्चो छ।।
माथि चन्द्र तल सूर्यको ज्योति झलल।
आहा! कति राम्रो रङ्ग  टल्केको टलल।।
रातो रङ्ग नेपालीको नसामा कुदेको रगत।
निलो रङ्गले दिनेछ विश्व शान्तिको झलक।।
यो झण्डा सारा मेची महाकालीको सान
हाम्रो गौरव हामी नेपालीको स्वाभिमान ।।
सारा नेपालीको मुटुको धड्कन बनेको छ।
नत यसभित्र कतै गरिब धनी भनेको छ।।
खाडी देखि गाडी सम्म यो झण्डा छ शिरमा।
सम्झना आउँछ यसको सुख दुःख पीरमा ।।
बस्ने छ यो सारा नेपालीहरूको शिरमा।
एउटै माला गाँस्ने छ सुख दुःख पीरमा ।।
हामीलाई आफ्नै देशको राष्ट्रिय झण्डा चाहिन्छ।
नेपालीले मात्रै मेरो देशको झण्डा भन्न पाइन्छ।।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्