युरो कप : रोनाल्डोलाई गोल्डेन बुट अवार्ड



एजेन्सी । युरो कप फुटबलमा पुराना खेलाडीकै प्रभाव देखियो । नयाँ खेलाडीहरूले आफ्नो क्षमता देखाए पनि स्टार भने जन्मिएको पाइएन । पोर्चुगलका कप्तान एवम् फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औँ संस्करणको युरो कप फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् ।  सिकले सिल्भर बुट पाए ।

गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरेका थिए । चार संस्करणको युरो कप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् । गोल्डन बल इटालीका  जियानलुइगी डोनारुमाले पाए । उनले उत्कृष्ट गोलरक्षकका रूपमा क्षमता प्रदर्शन गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि उनी नै भए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्