सातै प्रदेशका ओलीनिकट प्रदेश प्रमुखहरू फेर्ने तयारी



काठमाडौँ, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरू खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरू हटाउने तयारी गरेका छन् ।

सात वटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरू छन् । उनीहरूलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।
यसै गरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरू खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल बढेको छ ।

सात वटा प्रदेशमा गठबन्धनका दलहरूसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन् । सात वटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ । सम्भव आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विश्वस्त स्रोतले जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्