भलिबलको उपाधी दिप शान्ति बि लाई



 

लक्ष्मण बस्नेत

दाङ, २७ माघ । दाङको शान र गौरव वृहत्त खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी दिपशान्ति प्राविधिक शिक्षालय तलसीपुर बि ले हात पारेको छ । नगर युवा संजाल तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा दिपशान्ति ए लाई २५–२१, २१–२५, २५–२० र २५–१७ अर्थात ३–१ को सेटमा पराजीत गर्दै दिपशान्ति बि ले खुला भलिबलको उपाधी चुमेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको निक्कै कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा उपाधी चुम्न सफल दिपशान्ति बि ले ६० हजार नगद पुरस्कार,ट्रफी मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो ।

फाइनलमा पराजीत दिपशान्ति ए भने उपविजेतामा चित्त बुझाउदै ३५ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै तेश्रो स्थानका लागि न्यु स्टार युवा क्लब नारायणपुर र जनदेउराली युवा क्लब विच भएको खेलमा न्यु स्टारलाई ३–१ को सेटमा पराजीत गर्दै जन देउरालीले प्रतियोगिताको तृतिय स्थान हासिल गर्न सफल भयो । उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

माघ २५ गते देखी संचालित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैविच प्रतियोगिताको समापन समारोह तुलसीपुर नगर युवा संजालका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा तथा प्रतिनिधी सभा सदस्य कृष्ण बहादुर महराको प्रमुख आतिथ्य एव राष्ट्रिय सभा सदस्य कोमल वली र तुलसीपुर नगरपालिकाकी उपमेयर माया आचार्यको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथी महराले देशमा यतिवेला राष्ट्रिय एकताको खाँचो रहेको बताउन् भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्