पछिल्लो २४ घण्टामा २७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप २४ को मृत्यु



काठमाडौँ । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार १२२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २८८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २४ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ६६१ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्