तापक्रम ५० डिग्री पुगेपछि दुबईमा कृत्रिम वर्षा गराइयो



एजेन्सी । अत्यधिक गर्मी भएपछि दुबईमा कृत्रिम वर्षा गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार तापक्रम ५० डिग्री पुगेपछि युएईको मौसम विभागले कृत्रिम वर्षा गराएको हो । दुबईमा अत्यधिक गर्मी भएपछि कृत्रिम वर्षा गराइएको छ ।

युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास छ । युएईमा भीषण गर्मीका कारण मानिसहरूको अवस्था बेहाल छ । यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ ।

गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ । यसबाट बच्नका लागि दुबईले कृत्रिम वर्षाको नयाँ उपाय निकालेको हो ।मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल बर्सिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरू यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउ सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरू भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षे नि वर्षातको दर बढाउने हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्