भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए



एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रवार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । यसबिचमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

रावलसँगै राजीनामा फिर्ता लिन सांसदहरू झपट रावल, शेरबहादुर कुवर, प्रदेश सभा सांसदहरू तारा लामा, प्रकाश शाह,अमर सावदलगायत एक दर्जन नेताहरू संसद् सचिवालय पुगेका थिए ।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद् भवनमै राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवै सक्रिय थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्