श्राद्धको भोज खान भारत गएका दिपेश मृत भेटिँदा परिवार शोकमा



जनकपुरधाम । श्राद्धको भोज खान भारत गएका छोरा मृत भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ ।

२७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो । साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो ।

खोजी गर्ने क्रममा दीपेशको शव बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका थिए ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको बताए । दीपेश वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्र नेपाल फर्किएका थिए ।

उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । दीपेशका पिता सतिशनारायणले आफ्ना छोराको हत्या गर्नेलाई कानून अनुसार कारबाही हुनुपर्ने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्