अमेरिकाको अस्थायी कृषि कामदार ‘एच-२ए’ भिसावाहकका ६ अधिकार



१, तपाँईले एजेन्टलाई आफ्नो खल्तीबाट कहिले पनि पैसा तिर्नु पदैन।

२, तपाईँले रोजगारदाताबाट आफू ले बुझिने भाषामा सम्झौता पत्र पाउनु पर्छ। त्यसमा तलब, कामको समय र घण्टा, यातायात र आवास लगायतका सुविधाहरू, खाना वा आफै ले पकाउने सुविधाहरू र महिनावारी तलबबाट काटिने रकमको बारेमा विस्तृत जानकारी रहेको हुनुपर्छ।

३, तपाईँको तलब प्रति गोटा उत्पादनमा आधारित भए पनि न्यायोचित तलब पाउने तपाईँको अधिकार छ।

४, तपाईँको रोजगारदाताले तपाईँलाई तपाईँ बसेको मुलुक वा ठाउँबाट उसको काम गर्ने गन्तव्यसम्म पुग्ने सम्पूर्ण बाटोको खर्च र खाना खर्चको बन्दोबस्त गरिदिनुपर्छ वा पैसा दिनु पर्छ। यात्राको बाटो र खाना खर्च सबै तपाईँ आफै ले बेहोर्नुभएको थियो भने श्रम सम्झौताको आधा अवधि सिद्धिएपछि रोजगारदाताले तपाईँको लागेको मनासिब खर्च फिर्ता गरिदिनुपर्छ। तपाईँले सम्झौता अनुसारको श्रम अवधि पुरा गरेपछि काम गर्ने ठाउँबाट तपाईँ सुरुमा जहाँबाट आएको हो त्यहीँ फर्किनको लागि यातायात र खानपिन तपाईँको रोजगारदाताले बन्दोबस्त गरिदिनुपर्छ अथवा त्यसको खर्च ब्योहर्नु पर्छ।

तपाँईको कमाईबाट खर्च घटाउँदा सरकारी न्यूनतम पारिश्रमिकभन्दा कम हुने देखियो भने तपाँईको रोजगारदाताले पहिलो हप्तामै तपाँईलाई लागेको बाटोखर्च र तिरेको भिसा शुल्क बराबरको पैसा फिर्ता गरिदिनुपर्छ। रोजगारदाताले तपाँईलाई दिएको आवासबाट काम गर्ने ठाउँसम्म आउने पुरै खर्च उसैले ब्यहोरनु पर्छ।

५, तपाईलाई एच२ए भिसा अन्तर्गत गरिएको कामको आम्दानीमा सोसल सेक्युरिटी र मेडिकेयरको कर छुट हुन्छ।

६, सामान्यतया तपाँईको रोजगारदाताले श्रम सम्झौतामा पर्ने कामको दिन गनेर कमसेकम त्यसको जम्मा घन्टाको तीन चौथाई घण्टा बराबर तपाँईलाई काम दिनुपर्छ।

अमेरिकी विदेश मन्त्रालयबाट प्रकाशित ‘आफ्नो अधिकार थाहा पाइराख्नुहोस्’ पुस्तिकाबाट । नेपाली अनुवाद अमेरिकी विदेश मन्त्रालयकै हो । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्