एनआरएन हङकङको महासचिवमा डिल्ली विश्वकर्मा निर्वाचित



हङकङ  । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) हङकङको  महासचिवमा डिल्ली विश्वकर्मा निर्वाचित हुनुभएको छ । सङ्घको आइतबार निर्वाचनमा आगामी कार्यकाल (२०२९ देखी ०२३) को लागि महासचिवमा विश्वकर्मा निर्वाचित हुनुभएको हो । 

उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई , सचिवमा ज्ञानेन्द्र थापा , कोषाध्यक्षमा दिव्य थापा र सह कोषाध्यक्षमा अर्जुन गौचन , महिला संयोजकमा कविता गुरुङ , युवा संयोजकमा असीम राई हुनुहुन्छ ।  एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको थियो ।  

त्यस्तै , सदस्यहरूमा श्याम कुमार  श्रेष्ठ , आकाश बञ्जरा , विश्वनाथ घिसिङ मनीषा लिम्बु र सुरेश कमल थापा चयन हुनुहुन्छ भने आइसिसी सदस्यमा किसान राई  निर्विद्य रहनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । आगामी कार्यकालको लागि नवनिर्वाचित कार्यसमितिलाई शपथ खुवाइएको हो । 

सङ्घको आठौँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बिच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराइएको हो । साथै सो अवसरमा निवर्तमान अध्यक्ष टिका गुरुङ (राधिका) लाई पनि सम्मानका साथ बिदाइ गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्