कविता : त्याग आलीशन महल र गाडी



छाड्देऊ ती आली शान महल र गाडी 
जाऊ जनताका घर घर रिक्सा चढी 

पुर्‍याऊ झुपडीमा बिपी को समाजवाद
गराऊ जनताको छोरो प्र म  भन्ने याद

नबस है कहिल्यै बालुवाटारमै  सुतेर 
जाऊ झोपडीमा कसको चुलो जलेन भनी कुदेर

यो देशको माटोले भन्दै छ आज देउवा 
जाऊ झुपडीमा भन्दै समाजवाद लेउ बा

हेर झुपडीमा चिसो चुलो जल्छ कि जल्दैन
किसानको खेत बारीमा अन्न फल्छ कि फल्दैन

हेर निर्मलाका आमा बाबु रुदै छन् गाउँमा 
न्याय देऊ अब भनी निर्मलाहरूको नै नाउँमा 

हिँड्नु सधैँ तिमीले बि पी कै सपनाहरू बोकेर
पर्खँदैन समय तिमी आउँछौ भनी रोकेर

समय आयो मौकामा हिरा नै तिमीले फोर
अरूले भन्दा तिमीले नै गर्नु छ यहाँ अझै  धेर।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्