राज कुन्द्राको बिषयमा कोर्टको कडा फैसला, १४ दिन न्यायिक हिरासतमा राख्न आदेश



काठमाडौं । पोर्नाेग्राफी मामलामा अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रालाई १४ दिन जेल कस्टडीमा पठाइएको छ । मुम्बई पुलिस क्राइम ब्रान्चले राज कुन्द्रालाई १९ जुलाईको रातमा गिरफ्तार गरेको थियो । राज कुन्द्रा माथी पोर्नाेग्राफिक फिल्म बनाएको आरोप रहेको छ ।

यसअघि कोर्टले पहिला राज कुन्द्रा लाई २३ जुलाइ सम्म पुलिस हिरासतमा राख्न आदेश दिएको थियो । त्यसपछि फेरी उनको हिरासत बढाएर २७ जुलाई अर्थात् आज सम्मका लागि तोकिएको थियो । आज फेरी अदालतले उनलाई जेल कस्टडीमा पठाई दिएको छ ।

कुन्द्रासंगै प’क्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । गत फेब्रुअरीमा प्रहरीमा दर्ता भएको उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा प’क्राउ परेका थिए ।

प्रहरीले उक्त मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथि लागेको उक्त आरोप स्वीकार नगरिएको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्