मानव जीन हालिएपछि बाँदर देखिए बुद्धिमान



एजेन्सी । मानव जिन बाँदरको मस्तिष्कमा हालिएपछि बाँदर बुद्धिमान देखिएको छ । चिनियाँ वैज्ञानिकहरुले बाँदरको मस्तिष्कमा मानव जीन मिसाइदिएका हुन्।

गत महिना बेजिङको नेसनल साइन्स रिभ्युले प्रकाशित गरेको रिपोर्टमा ११ बाँदरमा मानव जीन हालिएको जनाइएको छ। चिनियाँ वैज्ञानिकले मानव मस्तिष्कमा हुने एमसिएपिएच १ जीन बादरको मस्तिष्कमा हालिदिएका छन्।

राज्यको संचालनमा रहेको चाइनिज एकेडेमी अफ साइन्सको मातहतमा रहेको जर्नलका अनुसार ११ वटा बाँदरमा मानव जीन हालिएको थियो। तीमध्ये ६ वटाको मृत्यु भयो । यतिबेला पाँचवटा ज्युँदो छन्। हाल ती पाँच बाँदरमा परिक्षण भइरहेको छ। समय–समयमा ती बाँदरहरुको चलाखीपनको अध्ययन भइरहेको छ। बाँचेका बादरहरुको मस्तिष्क विस्तारै विकास भइरहेको जनाइएको छ।

यस अनुसन्धानमार्फत मानव मस्तिष्कको विकासको बारेमा धेरै उपलब्धि हासिल हुने विश्वास गरिएको छ।
मानव जीन भएका ती बाँदर सामान्य बाँदरभन्दा बुद्धिमानी र चलाख देखिएको बताइएको छ। चिनियाँ वैज्ञानिकहरुले बाँदर कसरी मानिसमा परिवर्तन भयो भन्नेबारे अध्ययन गरिरहेको जनाएका छन्।

मस्तिष्क विकास मानवकोजस्तै भइरहेको वैज्ञानिकहरुको भनाइ छ। विश्वका वैज्ञानिकहरुले भने यस विषयको खण्डन गरिरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्