सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौँ   ।   नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ । 

महासङ्घका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बुधवारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।  
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ ।  गत बुधवार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्