मिल्यो मन्त्रीको भागबण्डा : कांग्रेस ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने



काठमाडौँ। सरकार विस्तारमा अस्वाभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबन्डा टुङ्गो लगाएको छ ।

गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरूको मन्त्रालय सङ्ख्या भागबन्डा मिलाएको हो । छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबन्डा मिलाएका छन् ।

सत्तारुढ गठबन्धनको बिहीबार बिहान बसेको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताएका छन्।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ। कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको बताइएको छ । एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्