प्रहरी हिरासतमै दलित समुदायका पल्टु रबिदास झुन्डिएको अबस्थामा मृत फेला



धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् । लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका अन्दाजी ४२ वर्षीय पल्टु रविदास हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रविदास आफैँले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे ४ बजेतिर रविदास शौचालयको भेन्टिलेसनमा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा उनी प’क्राउ परेका थिए । आफ्नै भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि रकम बुझाउन नसक्दा उनी कारागारमै रहन बाध्य भएका थिए।

मृतकका रविदासको परिवारजनले आ’त्मह’त्या नभई ह’त्या हुन सक्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्