देशभर ३६११ जनामा कोरोना पुष्टि, २७ संक्रमितको मृत्यु



काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २७ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८३४ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्