कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर २ बालीकाको मृत्यु, एक बेपत्ता



कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालीकाको मृत्यु भएको छ भने एक जना बालीका बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिका वडा नः ९ को डोमपुर कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका ३ जना बालीका डुबेर बेपत्ता भएका थिए । डुबेर हराएका दुई बालिकालाई मृत अवस्थामा नदी बाट निकालिएको छ भने एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनबहादुर सिंहकी छोरी नौ बर्सिया लक्ष्मी सिंह र राम फल चौधरी सात वर्षीय छोरी जानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। । उनले बेपत्ता छ बर्सिया अनु सिंहको खोजी भइरहेको बताए । बालिका शुक्रवार दिउँसो ४ बजे डुबेर बेपत्ता भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्