बुद्ध भूमिको हिन्दु युवा शक्तिकाे नगर कमिटीको अध्यक्षमा : सन्दीप पौडेल



धनी राम कोरी कपिलवस्तु, साउन १५ कपिलवस्तु जिल्लाको बुद्ध भुमि नगरपालिका को नगर स्तरीय हिन्दु युवा शक्तिको नगर कमिटी बुद्ध भुमि नगरपालिका वडा नं ८ हरिया पुर को खैरा निया मन्दिरमा मा गठन भएको छ। हिन्दु युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेय को अध्यक्षता तथा महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक मानी यादव र प्रवक्ता मोतीलाल मिश्रा को प्रमुख आतिथ्यमा नगर कमिटी गठन गरिएको छ ।

बुद्ध भुमि नगरपालिका नगर कमिटीमा अध्यक्ष सन्दीप पौडेल , वरिष्ठ उपाध्यक्ष विवेक प्रताप राणा , कोशाध्यक्ष नवीन खनाल , सचिव अरुण तिवारी , सहसचिव सुनिल परियार , सदस्य सुनिल थारु ,जितेन्द्र यादव , वसन्त अधिकारी , वीरेन्द्र यादव , प्रवक्ता मनि राम अहिर र सल्लाहकार उमाकान्त मिश्रा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्