पार्टी एकता जोगाउनु पर्छ, जति लम्बियो, त्यति नै धेरै पार्टीलाई क्षति हुन्छ : गोकर्ण विष्ट



काठमाडौं। नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अझै प्रयत्न गर्नुपर्ने बताएका छन्। शनिवार एमाले दोस्रो तहका नेताको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता विष्टले कुनै पनि हालतमा पार्टी एकता जोगाउनु पर्ने बताएका हुन्।

नेता विष्टले बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको बताए। आन्तरिक विवाद जति लम्बियो, त्यति नै धेरै पार्टीलाई क्षति हुने विष्टले बताए।

यसअघि एमालेले बनाएको कार्यदलका सदस्यहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेका थिए। आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

त्यसअघि सहमतिको प्रयास गर्न छलफलमा जुटेका दोस्रो तहका नेताले अब विवाद टुङ्ग्याउनुपर्ने निष्कर्ष निकालेको नेता विष्टले बताए। छलफलमा अध्यक्ष ओली पक्षबाट भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी रहेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्