धनुषामा २८ करोडमा मल उद्योग खुल्दै, कृषिमन्त्री साहद्वारा शिलान्यास



धनुषामा २८ करोडमा मल उद्योग खुल्दै, कृषिमैत्री साहद्वारा शिलान्यास जनकपुरधाम : धनुषाको धनुषा धाम नगरपालिका-१ जानकी निवासमा २८ करोडको लागत जैविक मलको उद्योग स्थापना हुने भएको छ । प्रदेश-२ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह र कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाका सचिव योगेन्द्रकुमार कार्कीले उद्योग स्थापनाका लागि शिलान्यास समेत गरिसकेका छन्।
उनीहरूले शनिवार संयुक्त रूपमा ‘आरोह फर्टिलाइजर प्रा.लि.’ को शिलान्यास गरेका हुन् ।

सोही कार्यक्रमका बीच उद्यमी अङ्गकमल लामाले एक वर्षभित्र उद्योगको काम सम्पन्न गरेर उत्पादनको कामसमेत सुरु गर्ने बताए। उद्योग सञ्चालनमा आएपछि सुरुको वर्षमा ७ हजार ५ सय मेट्रिक टन जैविक मल उत्पादन गर्ने र क्रमशः उत्पादन बढाउँदै लैजाने उनको भनाइ थियो। नेपालमा पहिलो पटक जैविक मल उत्पादनको उद्योग स्थापना हुन लागेको हो ।

अनुभवी व्यवसायीको संलग्नतामा सञ्चालन हुने यस उद्योगबाट राज्यमा मलको आयात कम हुने विश्वास उद्यमीहरुले गरेका छन्। रासायनिक मलको प्रयोगबाट केही समयका लागि उत्पादन बढाए पनि दीर्घकालीन रूपमा नकारात्मक असर गर्ने र माटोमा अम्लीयपना धेरै भएकाले बाली कम हुने मात्रै होइन, उत्पादन नै नहुन पनि सक्ने उद्यमीहरू बत्ताउँछन् । उद्योग स्थापना भएपछि प्रत्यक्ष रूपमा १ सयभन्दा बढीले रोजगार पाउने विश्वस्त छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्