कर्णालीमा बच्चालाई स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा डुंगा पल्टिँदा तीनजना बेपत्ता



कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसोतिर कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ जाने क्रममा डुङ्गा दुर्घटनामा परेको हो । बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुङ्गा पल्टिएको हो ।

डुङ्गामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका छोरा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य पाँचजनाको सकुशल उद्धार भएको र दुईजना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्