कर्णाली डुंगा दुर्घटना : घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता



कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको श’व फेला परेको छ । स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीय धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन् ।  

कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बिचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुङ्गा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए । उनीहरू खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन्। प्रहरीका अनुसार सोही डुङ्गामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन्।  

१० जना सवार रहेको डुङ्गा पल्टिँदा दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्