प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरीका ६१ अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित



काठमाडौं । नेपाल प्रहरीका ६१ जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई सुशोभन गरेका हुन् । २०७८ साउन १४ गतेको मन्त्रिपरिषद् बैठकबाट पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छायादेवी गुरुङ लगायतका अधिकृतहरू सुशोभित भएका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका सम्पूर्ण प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिले थपेको नवीन ऊर्जालाई सदुपयोग गरी आम नागरिकप्रति थप जिम्मेवार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्