बरेङमा कोरोना सङ्क्रमण निरन्तर उकालो, कोभिड अस्पतालका स्वास्थ्यकर्मीको राजीनामाले थप समस्या



वाई. बि अनुरागी, बागलुङ, बागलुङको बरेङ गाउँपालिका को वडा नम्बर ३,४ र ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ वृद्धि हुन थालेको छ । सङ्क्रमित र मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या अप्रत्याशित रूपमा वृद्धि हुन थाले पछि वडा नम्बर ५ लाई श्रावण १४ गते देखि र वडा नम्बर ३ मा श्रावण १८ गते देखि लागु हुने गरी एक हप्ताको लागि सिल गरिएको छ ।

तर कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा अस्थायी कोभिड अस्पतालका २ जना स्वास्थ्यकर्मीले राजीनामा दिँदा थप समस्या हुने देखिएको छ । कोभिड अस्पतालका प्रमुख डाक्टर लक्ष्मी पन्थीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जटिल बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी अस्पताल छोडेर जाँदा थप गाह्रो भएको उल्लेख गर्नुभएको छ ।

गत श्रावण १४ गते अस्थायी कोभिड अस्पतालका स्टाफ नर्स शान्ति थापा र सरिता आचार्यले स्वास्थ्य शाखा प्रमुखले मानसिक तनाव दिएकाले काम गर्ने वातावरण नरहेको भन्दै राजीनामा दिएका थिए । स्वास्थ्य शाखा प्रमुख पुनले आफ्नो समस्या समाधानमा ध्यान नदिएको र पटक पटक सामाजिक सञ्जाल बाट मानसिक तनाव दिएको उनीहरूको आरोप रहेको छ ।

राजीनामा सम्बन्धी भने स्वास्थ्य प्रमुख पन्छिन खोजेको पाइएको छ उहाँले आफलाइ थाहा नभएको असार मा नै उनीहरूको म्याद सकिएको बताउनुभएको छ । स्वास्थ्य प्रमुख पुन आफै पालिकाको निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी समाल्ने व्यक्ती समेत हो उहाँले थाहा भएन भनेर पन्छिनु कत्तिको जायज हो प्रश्न खडा भएको छ । यसको समाधान प्रमुख पुनले गर्नुपर्ने आम जनताको माग समेत रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्