परीक्षा बिग्रिएको भन्दै सुर्खेतमा एक युवतीले गरिन् झुन्डिएर आ’त्मह’त्या



सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आ’त्मह’त्या गरेकी छिन् ।

पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी विमला कँडेलले कोठामा झुण्डिएर आ’त्मह’त्या गरेकी हुन् ।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुन्डिएर आ’त्मह’त्या गरेकी २९ बर्सिया कँडेलले आ’त्मह’त्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार कँडेलले आ’त्मह’त्या गर्नुअघि सुसाइड नोटमा बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको कारण आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ ।   

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम् डिएसपी  रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रूपमा कार्यरत छन् ।

डिएसपी घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झुन्डिएको अवस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।’ 

मृतक कँडेलको शवको पोस्टमार्टम भए पनि अहिलेसम्म रिपोर्ट भने आई नसकेको प्रहरीले बताएको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्