श्रीमतीलाई एसिड हानेर भागेका सुनसरीका युवक काठमाडौँबाट प’क्राउ



एसिड प्रहार गरेर फरार भएका एक युवक प’क्राउ परेका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट प्रहरीले प’क्राउ गरेको हो ।

सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार साउन २२ मा राती धामीले २८ वर्षीय पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीय श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छुट्टाउन खोज्दा २१ वर्षका सुमनराज धामी र १९ वर्षीय सुजनराज धामी समेत एसिडको छिटा लागेर घाइते भएका थिए ।

एसिड परेर गम्भीर घाइते भएकी श्यामकुमारीको विराटनगर स्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । आ’रो’पमाथि एसिड आ’क्रमण विरुद्धको कसुर, कु’ट’पिट र अङ्गभङ्ग सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले बताउनु भयो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्