जुम्लामा दलित युवामाथि जातीय विभेद गर्ने वडा अध्यक्षका छोरा प’क्राउ, वडाअध्यक्ष अझै फरार



जुम्ला ।  सिञ्जा गाउँपालिका -६ काँडा गाउँका दलित युवा विवेन्द्र नेपालीमाथि जातीय विभेद गर्ने वडा अध्यक्ष कालीबहादुर बुढाका छोरा नवीन बुढा प’क्राउ परेका छन् । वडा अध्यक्ष अझै फरार रहेको जुम्ला प्रहरीले जनाएको छ ।

                        दलित युवा विवेन्द्र नेपाली , वडा अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढा

गत असार ८  गते वडा अध्यक्षका बाबु छोरोले वडा कार्यालयभित्रै जातीय गालिगलाेज गरेपछि पीडित विवेन्द्र नेपालीले उनीहरु विरुद्ध असार २२ गते लेखिएको जाहेरी लिन नमानेपछि दलित अधिकारकर्मी र रङ्गकर्मीको व्यापक दबाबमा २५ गते मात्र मुद्दा दर्ता गरेका थिए । दुवै जना विरुद्ध जाहेरी दर्ता गरेको करिब १ महिनापछि वडा अध्यक्षका छोरा नवीन प’क्राउ परेका हुन् ।

पीडक नवीन बुढा प’क्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ । कार्यालयमा कार्यरत युवन कुमार चौधरीले जातीय विभेद गरेको आ’रोपमा वडा अध्यक्षका छोरा नवीन प’क्राउ परेको बताए । उनलाई सरकारी वकिलको कार्यालयबाट पाँच दिन म्याद थप गरेर अनुसन्धानका लागि थुनामा राखिएको छ।

यता  पीडित नेपालीले लामो समयको प्रयासपछि आफूलाई जातीय विभेद गर्ने व्यक्ति पक्राउ परेको भन्दै खुसी व्यक्त गरेका छन् ।  अहिले सिञ्जास्थित आफ्नै घरमा रहेका नेपाली अझै पनि वडा अध्यक्षलाई प’क्राउ गर्नुपर्ने बताए ।  उनले वडा अध्यक्ष गाउँमै छन् , आफू गाउँमा गएपछि वडा अध्यक्ष भागेको समेत बताएका छन् । वडा अध्यक्षलाई प्रहरीले निरन्तर खोजी कार्य जारी राखेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्