सुनको मूल्यमा सामान्य गिरावट, कति छ तोलामा ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मङ्गलवार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबिच बुधवार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्