दुर्गेशले भने मेरो कारणबाट कसैको बाँच्न पाउने अधिकार नखोसियोस्

लोकदोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने निर्णय गरे पछि दुर्गेशको अभिव्यक्ति


गायक तथा मोडल दुर्गेश थापा यति बेला फेरि विवादमा छन् । थापाले केही दिन अगाडि नयाँ गीत ल्याएको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ ’का कारण उनी विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको आ’रोप लगाइएको छ ।

साथै गीतमा प्रयोग गरिएका आ’पत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको छ । तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षण पत्रलाई कुनै वास्ता नगरेकाले  गायक थापालाई बहिष्कार गर्ने निर्णय गरिएका समाचार सार्वजनिक भइरहेका छन् ।

सामाजिक सञ्जालमा दुर्गेशले भने मेरो कारणबाट कसैको बाँच्न पाउने अधिकार खोस्न हुने बताएका छन् । दुर्गेशले लोकदोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने निर्णय गरे पछि आफ्ना अभिव्यक्ति सामाजिक संजाल फेसबुक मार्फत उल्लेख गरेका छन् ।

दुर्गेश लेख्छन्  समय सँगै हरेक पल नयाँ पलहरूको जन्म हुन्छ ती नयाँ पलहरूलाई उपलब्धि मूलक बनाई जीवनको सार्थकता बुझ्न प्रयास गरिरहेको हर मानव मा एउटा मात्र लक्ष्य हुन्छ जीवन कलात्मक बाचौँ खुसी संगालेर बाचौँ आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जीवन बाँचौ तर मानव नै मानव को रक्षक भक्षक दुवै रहेछ म चाहन्छु मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अङ्कुश लगाइरहँदा प्रत्यक्ष दोहोरी का सुन्नै नसकिने छाडा गीतहरू लाई स्वतन्त्र छोडिएको छ मेरो गीत न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लील परिभाषा गरेर प्रतिष्ठान ले अर्को शब्दकोश निर्माण गरेको छ जुन दुखद छ परिवर्तन लाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठान का सभ्य र सांस्कारिक ४१००० सदस्य हरूको जीवन हजार वर्षको होस् शुभकामना ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्