काङ्ग्रेस नेता चौधरी द्वारा महिनौँ देखि थुपारिएको फोहोर व्यवस्थापन



काङ्ग्रेस नेता चौधरी द्वारा महिनौँ देखि थुपारिएको फोहोर व्यवस्थापन लहानका मेयर मुनी साहको फोहरी राजनीतिले बजार दुर्गन्धित बन्दै फोहोर व्यवस्थापनमा देखाएको उदासीनताका कारण लहान बजार दुर्गन्धित सिराहा लहान २१ श्रावण – सिराहाको लाहान नगरपालिका वडा नम्बर ५ गुदरी बजार स्थित महिनो देखि फोहोर व्यवस्थापनमा देखाएको उदासीनता का कारण  सहर क्षेत्र नै प्रदूषित भएको छ । करिब एक महिना देखि जम्मा भएको फोहोर अन्ततः स्थानीय युवा नेता महेश चौधरीको नेतृत्वमा बजार व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारी र विभिन्न पार्टीका राजनीति दलका प्रतिनिधिहरूको सहभागी तामा फोहोर व्यवस्थापन गर्न थालेका छन् ।

फोहोरको दुर्गन्धले बाटो डहिनेलाई नाक मुख छोपी हत्तपत्त बाटो काट्ने बाध्यता छ भन्ने वरिपरि रहेका पसलहरूमा ग्राहक समेत पातलिँदै गएका छन् । सहिद चौक स्थित एक  पसलेका अनुसार जम्मा भएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ जसले गर्दा ग्राहक पसल आउन मानेका छैनन् । गत वर्षको लकडाउन देखि नै सामाजिक कार्यमा समय बिताई रहेका नेता चौधरीले आफ्नो सहयात्री सङ्गीता कर्माचार्यको साथ छुटेपनी उनले समाजसेवा छोडेका छैनन् ।

विपन्न वर्ग लाई खाद्यान्न वितरण गरी चौधरी र कर्माचार्य ‘सम जोडी’ को नामले चिनिएका थिए । हाल उनको जीवन साथीले साथ छोडे यद्यपि चौधरीले आफ्नो सङ्कल्प छोडेका छैनन् ।  युवा नेता चौधरीले भने ‘विभिन्न बहानामा फोहोर उठाउन छोड्नु यहाँका मेयर मुनी साहको फोहरी राजनीति हो । चुनावी प्रचारमा ठुलो ठुलो सपना देखाउने मेयर साह वास्तविक रूपमा फोहरी नै रहेको यही फोहोरको डुङ्गुरले देखाएको छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्