मोदी र ट्रम्पबीच यसै महिना भेटवार्ता हुने ।।



जेठ,३०

 

मोदी_र_ट्रम्पबीच_यसै_महिना_भेटवार्ता_हुने2738भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङटनमा यसै महिना भेट गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार उहाँहरुबीच समसामयिक विषयमा छलफल हुनेछ । विश्वका दुई ठूला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरूले जलवायु परिवर्तनलगायतका विषयमा जुन २६ तारिखका दिन भेटेरै कुराकानी गर्न लागेको भारतको विदेश मन्त्रालयले जानकारी गराएको छ । प्रधानमन्त्री मोदी दुई दिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी वासिङटनमा जानुहुनेछ । भ्रमणका क्रममा हुने आपसी चासोका विषयमा उहाँहरूबीच हुने छलफलले दुई पक्षीय हितका लागि मार्ग निर्देश गर्ने जनाइएकोे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्