जाजरकोटमा युवा कुट्ने वडाध्यक्षको रिहाइ गर्न माग गर्दै वडा कार्यालयमा स्थानीयले गरे प्रदर्शन



भत्ता माग्न जाँदा स्थानीयलाई क’ट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधवार प’क्राउ गर्‍यो । नेपालीलाई बिहीबार मात्र जिल्ला सदरमुकाम खलङ्गा पुर्‍याइयो। प्रहरीले वडाध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर प’क्राउ गरिएको बतायो । सामाजिक सञ्जालमा वडाध्यक्षको चर्को विरोध पनि भएको छ ।

जनता कुट्ने वडाध्यक्षलाई कारबाही गर्ने सर्वत्र आवाज उठिरहेको छ । तर, ती वडाध्यक्षका मतदाताहरू भने उनको पक्षमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनलाई प्रहरीले जिल्ला सदरमुकाम पुर्‍याउँदा यता स्थानीयवासी भने ‘झुट्टा आ’रोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर विरोधमा उत्रिएका छन् ।

वडाध्यक्ष नेपालीलाई रिहाइ गर्न माग गर्दै गाउँमा बुढा पाखा, तन्नेरीदेखि लिएर महिलाहरू समेत मैदानमा होमिएका छन् । उनीहरूले बिहीबार वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।  वडाध्यक्ष रिहा नभए शुक्रवार देखी सदरमुकाममै पुगेर विरोध प्रदर्शन गर्ने तयारी गरिएको उनीहरूको भनाई छ ।

स्थानीय दिलीप शाहीले भने, ‘श्रावण १५ गते जुनीचाँदे गाउँपालिका वडा–२ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गर्दा  स्थानीय रङ्गे दमाईको कान्छो छोरा सर्पे दमाईले जाँड सेवन गरेर वडा कार्यालयमा  हो– हल्ला गर्दा वडा अध्यक्षले उनलाई बाहिर निकालेका थिए । सर्पेले जाँडको तालमा ढुङ्गा–काठहरू प्रहार गर्न थालेपछि उनीबाट बच्न खोजिएको हो ।’ 

उनले भने, ‘प्रत्यक्ष घ’ट’नाको छानबिन बिना नै उक्त घ’ट’नाको सामाजिक सञ्जालहरूमा भाइरल बन्यो । यो हाम्रो पहिलो अभियान हो स्थिति यस्तै रहिरहेमा जिल्ला व्यापी आन्दोलन गर्छौँ।’  यद्यपि, पीडित पक्षले भने ती वडा अध्यक्षविरुद्ध जाहेरी दिएको छैन । तर, भिडियोमा वडाध्यक्ष नेपालीले डोरीले बाँधेर ती युवालाई नराम्रोसँग कु’ट’पिट गरेको देखिन्छ । रातोपाटीबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्