विद्युत प्राधिकरणमा कुलमानलाई सरकारले आजै नियुक्त गर्न सक्ने



सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ल्याउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको छ । 
सम्भव नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्न सक्ने बुझिएको छ ।

शाक्यलाई यसअघि नै पदबाट हट्न ऊर्जा मन्त्री पम्फा भुसालले बोलाएर भनेकी थिइन । तर, उनले अस्वीकार गरेका थिए । शाक्यले आफू बरु अदालत जाने जवाफ दिएका थिए । त्यसपछि प्रक्रिया मिलाएर उनलाई हटाउने भित्री कदम चालिएको बुझिएको छ ।

घिसिङलाई दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रचण्डको चाहना बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री भुसाललाई निर्देशन दिइसकेका छन् । उनले प्रक्रिया मिलाएर प्रस्ताव ल्याउन भनेका थिए 

मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्