श्रीलंकालाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा ।।



जेठ,३०

264344

श्रीलंकालाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत हिजो राति भएको समुहको अन्तिम खेलमा पाकिस्तान ३ विकेटले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपुर्व २ सय ३६ रन बनाएको थियो । जवाफमा २ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ औं ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पार गरेको हो । जितसँगै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले अब सेमिफाइनलमा बुधबार, घरेलु टोली इंग्ल्याण्डको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनलमा बिहिबार भारत र बंगलादेश भिड्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्