डोरीले बाँधेर युवालाई कु’ट’पिट गर्ने वडाध्यक्ष  ५ हजार धरौटीमा छुटे 



सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कु’ट’पिट गरेका थिए ।

वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कु’ट’पिट गरेका थिए । उनले दमाईलाई कु’ट’पिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो  भने वडाध्यक्ष नेपालीको चर्को आलोचना समेत भएको थियो । त्यही आधारमा प्रहरीले साउन २१ गते प’क्राउ गरेर सदरमुकाम खलङ्गा पु¥याएको थियो ।

पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडित सर्पेले वडाध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्