शिलाजित के हो, के यसले यौन क्षमता बढाउँछ ?



जब आयुर्वेदिक चिकित्साको कुरा आउँछ, सबैको दिमागमा जडीबुटीको स्मरण हुन्छ । मानिसहरू विश्वास गर्छन् कि पहाडमा पाइने बिरुवाबाट उपचार सम्भव छ ।

त्यसै गरी जब यो आयुर्वेदिक विधिको माध्यमबाट यौन स्वास्थ्यमा सुधार गर्ने कुरा आउँछ, त्यसमा सबैभन्दा अघि आउँछ शिलाजित र अश्वगन्धा ।

धेरै मानिसहरू शिलाजित र अश्वगन्धालाई यौन स्वास्थ्यमा सुधार गर्न सहयोगीको रूपमा मान्छन् । जबकि यो यौन स्वास्थ्यको लागि मात्रै नभएर समग्र स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । कतिपयले शिलाजितलाई यौन स्वास्थ्यसँग जोडेर हेर्ने गर्छन् । शिलाजित शताब्दीयौं देखि मानव स्वास्थ्य सुधारका लागि प्रयोग गरेको पाइन्छ ।

शिलाजित के हो?

संस्कृतमा शिलाजित शब्दको अर्थ पर्वतको मणि भन्ने हुन्छ । यसलाई शक्तिशाली खनिज पदार्थको रूपमा चिनिन्छ ।

शिलाजित पत्थरबाट उत्पन्न भएको खनिज पदार्थ हो । घाम लागेर भएको प्रचण्ड गर्मीका कारण पहाडको धातुको भाग पग्लिएर पहाडबाट बाहिर निस्किएको पदार्थ नै शिलाजित हो ।

त्यो तरल शिलाजित सुकेपछि चम्किलो ढुङ्गा जस्तै देखिन्छ । यही पदार्थ मान्छेको प्रजनन क्षमता बढाउन उपयोगी मानिन्छ ।

शिलाजितका अन्य कामहरू

दिमागी कार्यको बढवा दिन सहयोगी

शिलाजितमा पाइने कैयौँ पदार्थले दिमागको प्रणाली सुधारको लागि सहयोग गर्ने गर्छ । कतिपयले यसलाई अल्जाइमर थेरापीमा पनि सहायक रहेको मान्छन् ।

इन्टरनेशनल जर्नल अफ अल्जाइमर डिजिजको एक अध्ययनमा भनिएको छ कि शिलाजितको उपयोग उमेर बढ्ने प्रक्रियालाई कम गर्नको लागि प्रयोग गरिन्छ ।

फुल्विक एसिड शिलाजितको प्रमुख यौगिक हो, जसले रगत शुद्ध गर्न सहयोग गर्छ ।

कलेजोको क्यान्सर रोक्न

शिलाजितको उपभोगले क्यान्सर कोषसँग लड्न पनि मद्दत गर्छ । एक अनुसन्धानले पत्ता लगाए अनुसार शिलाजितले कलेजोको क्यान्सरमा कमी ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

शिलाजितले क्यान्सर कोशिकाहरूको वृद्धि रोक्छ र उनीहरूलाई नष्ट पनि गर्छ । अनुसन्धान कर्ताहरुले शिलाजितमा क्यान्सर प्रतिरोधी पदार्थ भेटिन्छ भन्ने मान्यता राखेको पाइन्छ ।

मुटुलाई तन्दुरुस्त राख्नको लागि

शिलाजित डाइट्री सप्लिमेन्ट हो । यसको सेवन गर्दा मुटु तन्दुरुस्त हुन्छ । शोधकर्ताहरूले प्रयोगशालामा मुसाको मुटुको अवस्थाको परीक्षण गरेका थिए । त्यहाँ आइसोप्रोटेरिनलको साथमा इन्जेक्सन समेत लगाइएको थियो । यसमा शिलाजितको प्रोएक्टिभ इफेक्ट पनि देखिएको थियो ।

मोटोपना कम गर्नको लागि

अतिरिक्त तौलका कारण मानिसको शरीरमा रहेका मांसपेशीहरु थकित हुन्छन् । जसले हड्डीहरुमा समेत समस्या सिर्जना गर्न सक्छन् । जर्नल अफ मेडिसिनल फूडले गरेको एक अध्ययन अनुसार मोटोपना भएका मान्छेलाई एउटा शुद्ध शिलाजितको साथमा खानेकुरा दिइयो । जसले उनीहरूलाई अध्यासको क्रममा धेरै तागत आयो । यसरी शिलाजितको प्रयोगले शरीरको तौल कम गराउन मद्दत गर्छ ।

थकान कम गर्न

एथ्नोग्राफी जर्नलमा प्रकाशित २०१२ को एक अध्ययन अनुसार शिलाजितको प्रयोगले थकान जस्ता मानसिक कमजोरीको अवस्था कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने पुष्टि भएको थियो ।

अध्ययनबाट यो पनि पुष्टि भएको छ कि शिलाजितको उपभोगले शरीरमा हुने विभिन्न कोषिकाले राम्रो काम गर्न मद्दत गर्छ । यसले तपाईंको शरीरमा ऊर्जा बढाउँछ र थकान कम गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्