घरबाट हराएको ४ दिन पछि विभत्स अवस्थामा १६ वर्षीय दलित बालिकाको श’व मकैबारीमा फेला



कालिकोट । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ६ मा एक १६ वर्षीय निरु विकको घर नजिकै मकैवारिमा श’व  भेटिएको छ । गत भाद्र ४ गते मन्दिर जान्छु भनी निस्किएकी बालिका ७ गते आफ्नै घर नजिक मकैवारिमा आधा शरीर कम्मरमुनि सबै जङ्गली जनावरले खाएर हड्डी मात्रै रहेको बाँकी पनि पुरै किरा परेर कुहिएको अवस्थामा शव भेटिएको छ । जुन घटना बलात्कार पछि हत्या भएको आशङ्का गरिएको छ ।

स्थानीय बासी वसन्त सुनारका अनुसार बालिका विकको बलात्कार गरेर ह’त्या गरेको आशङ्का गरिएको हुन सक्ने बताउनु भयो, उनले बालिकाको लाश भेटिएको घाटीमा डोरीले रेटेको जस्तो सामान्य देखिएको थियो ।  हामीले ह’त्या गरेको आशङ्का गरेका छौ , बाँकी अस्पतालको रिपोर्टले जानकारी दिने छ ।  

अहिले भन्न सक्नी अवस्था छैन , सुनारले भन्नु भयो , मृतक बालिकाको श’व पोस्टमार्टमका  लागि  जिल्ला अस्पताल  कालिकोट ल्याइएको छ ।  प्रहरी प्रमुखका अनुसार ह’त्या गरेर फालिएको भन्ने यकिन नभएको र अनुसन्धानकै क्रम रहेको बताउनु भयो ।

थाहा अनलाइन सँगको कुराकानीमा प्रमुख डिएसपी चक्र शाहले ‘बालिकाको परिवारबाट बालिका हराएको सूचना नदिएको’ र घर नजिकै ३०० मिटर तल छिमेकीले श’व फेला परेको जानकारी पाउन , साथ तत्काल आफूहरू घटना स्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको जानकारी दिनु भयो । उहाँको अनुसार बलात्कार गरेर हत्या गरेको भन्ने कुनै अनुमान नै गर्न सकेको छैन र मृतक बालिकाको तलको शरीर पुरै छैन माथिको भागमा किरा परेको छ।  ह’त्या गरेको हो भने घटना स्थलमा कुनै हातहतियार भेटिएको छैन।  

ह’त्या गरेको हो वा आफै मृ’त्यु भएको अहिले नै अनुसन्धान गर्न नसकिएको थाहा अनलाइनसँग बताउनु भयो । जिल्ला अस्पताल कालिकोटले मृतक बालिकाको पोस्टमार्टमका रिपोर्ट नआएसम्म ह’त्या भन सकिँदैन र मृतक बालिकाको परिवारबाट अहिले सम्म कुनै व्यक्ति माथि शङ्का ( आशङ्का ) को किटानी जाहेरी दर्ता नगराएको जानकारी दिनु भयो 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्