गाउँपालिका अध्यक्ष सहित १९ जना जनप्रतिनिधिले नेकपा समाजवादीमा गरे सनाखत



बझाङ । जिल्लाको केदार स्यूँ गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार सदरमुकाम चैनपुरमा मोटर साइकल ¥याली सहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा सनाखत गरेका हुन ।

नेकपा एमालेबाट निर्वाचित केदार स्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशीराम धामी, वडा सदस्य ज्ञाना जेठारा, कमला कुमारी भण्डारी, नन्दा देवी सिंह, जुनादेवी ओखेडा, तुलसी देवी विष्ट , मिजुरा देवी ओखेडा, बाटुली देवी ओड,विमला कुमारी शर्मा,कल्यान धामी, धन बहादुर विष्ट, धन्नाम रावल, लाल बहादुर कामी र कार्यपालिका सदस्य कटक बहादुर दमाई गरी १९ जना जनप्रतिनिधिहरुले आफ्नो नागरिकताको प्रतिलिपि र निर्वाचित प्रमाणपत्र निर्वाचन कार्यालयमा पेस गरी आजैदेखि नेकपा समाजवादी पार्टीको सदस्य रहेको भनी सनाखत गरेका छन् ।

जनप्रतिनिधि सँगै सनाखत गर्न निर्वाचन कार्यालय पुगेका नेकपा एमालेका तत्कालीन अध्यक्ष दिल बहादुर सिंहले अब जिल्लाको नम्बर १ पार्टी नै  नेकपा समाजवादी नै हुने दाबी गरे ।

सनाखत गर्न निर्वाचन कार्यालय पुगेका केदार स्यूँ गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले गरेका हरेक ज्याजतीका बिरुद्घ हामीले समाजवादी पार्टी रोजेको बताए । भाद्र २२ गते सम्म धेरै जनप्रतिनिधिहरू नेकपा समाजवादीमा सनाखत गर्न आउने उनको भनाइ छ ।

निर्वाचन आयोगले भाद्र २२ गतेसम्म जनप्रतिनिधिहरू लाई पार्टी रोज्न समय सीमा तोकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्