निड्स नेपालको केदारस्यू गाउँपालिकामा युवाहरूलाई ३ महिने सीप विकास तालिमको समापन



उत्तम कुमार थापा केदारस्यू गाउँपालिकामा निड्स नेपालले युवाहरूलाई सीप विकास सम्बन्धी ३ महिने तालिमको समापन गरिएको छ । जिल्लाको केदारस्यू गाउँपालिकामा बेमौसमी तरकारी खेति र बजारमा आधारित प्राविधिक तथा व्यावसायिक प्रवर्द्धन परियोजना युवाहरूका लागि ३ महिने जुनियर बिल्डिङ ईलोक्टिसियन तालिमको आज समापन गरिएको हो ।

नेपालले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा बेरोजगार युवाहरूलाई रोजगारी श्रृर्जना गर्नको लागी विभिन्न तालीमहरू स्थानीय तहमा सञ्चालन गर्दै आएको पाइन्छ । विगत ३ महिना देखी सञ्चालित तालीममा निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा गाउँपालिका अध्यक्ष इन्द्र भण्डारी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष निशा धामी विशिष्ट अतिथि निड्स नेपालका सदस्य लक्ष्मी सुनुवार लगायत पत्रकार तालिममा सहभागीहरूको उपस्थिति रहेको थियो ।

विगत तीन महिना अगाडि देखि सञ्चालन भएको तालिम आज समापन गरेपछि गाउँपालिका अध्यक्ष भण्डारीले भने हाम्रो गाउँपालिकामा आएर यसरी बेरोजगारी युवाहरूलाई रोजगारीको बाटोमा लैजान सहयोग गर्ने निड्स नेपाल देखि सबै सहयोगि संस्थालाई धन्यवाद भन्दै गाउँपालिकाले गर्ने सहयोगमा सदैव युवाको साथमा रहेको उहाँको भनाइ छ ।

त्यसै निड्सका सदस्य रहनु भएका लक्ष्मी सुनारले भने तपाईँले सिकेको सिपलाई कार्य नयनमा ल्याउन अनुरोध गर्दै आगामी दिनमा संस्थाले कहाँ के के गर्नु पर्छ हामी हातेमालो गर्दै अगाडि जाने प्रतिबद्धता जनाउनु भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष निशा धामीले भन्नू भयो हामीले धेरै तालिम दिएका छौ तर गाउँघर वाट तालिम तालिममा मात्र सीमित भएको बताउँदै आगामी दिनमा सबैले यसको उपयोग गर्न अनुराधा गर्नु भएको थियो ।

केदारस्यु गाउँपालिकामा सञ्चालित तालिममा भने २० जना युवा युवती लाई तरकारी तालीमा र २० जना लाई ईलेक्टिसियन सम्बन्धी तालिम दिएको निड्स नेपालका कार्यक्रम संयोजक विनोद कँडाराले बताउनु भएको छ । त्यस्तै केही दिन अगाडि मात्र जय पृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडा र खप्तड छान्ना गाउँपालिकामा पनि समापन गरिएको हो ।

खप्तड छान्नामा गाउँपालिका अध्यक्ष रोकायाले भने अव काम गर्न चाहने युवालाई गाउँपालिकाले सानो सानो सहयोग गर्ने प्रतिबद्धता जाएर गरेको निड्का कार्यक्रम संयोजक विनोद कँडाराले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्