जबरजस्तीकरणी र डाका मुद्दामा फरार १० वर्षपछि पक्राउ



काठमाडौं । नेपाल प्रहरीले जबरजस्ती करणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्रेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०६४ भदौमा एक महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरी सुनलगायत बहुमूल्य गरगहना लुटेर फरार भएका सुनसरी इटहरी उपमहानगरपालिका-१७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजाबुल मियालाई आइतबार दिउँसो पक्रेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत विराटनगरको विसं २०६८ असार ३० को फैसलाले १४ वर्ष पाँच महिना १२ दिन कैद सजाय र रु ६४ हजार ५०० जरिवाना गरेपछि फरार रहेका मियालाई आज सुनसरीबाट पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्