थप १४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि , १६ सङ्क्रमितको मृत्यु



काठमाडौं ।  पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ३९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ४ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार १ सय ४९ जना र ४ हजार ७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १६ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९६५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्