गैंडाकोट दु’र्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो



चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दु’र्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा-८ कि ७० वर्षीय योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीय रंगी तिरुवा रहेको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।  

मङ्गलवार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

२३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सुप्र.०२००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्