अफगानिस्तानको मानवीय संकट आउन नदिन राष्ट्रसंघद्वारा सहयोगका लागि आह्वान



एजेन्सी । अफगानिस्तानमा ठुलो मानवीय सङ्कट आउन लागेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठुलो मानवीय सङ्कट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताए छ  । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्र सङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान  गरेको छ ।

गत महिना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ । अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए । उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताएक थिए । यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरू निकै नै ठुलो जोखिममा परेका भन्दै उनले भन्ने – हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ ।

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्रसङ्घले तालिबानलाई सहायताकर्मीलाई नरोक्न आह्वान गरेको छ। तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए ।

हाल पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ ।  तालिबानले अगस्ट १५ मा काबुलमा कब्जा जमाएपछि हजारौँ मानिस देश छोडेर भागेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्