महोत्तरी : विभिन्न पार्टी परित्याग गरी मनरा सिस्वा नपाका सयौँ नेता कार्यकर्ता जसपामा



जनकपुरधाम : आज महोत्तरीको मनरा सिस्वा नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले सामाजिक रूपान्तरण पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । जनता समाजवादी पार्टी मनरा सिस्वा नगरपालिका जावख नगर कमिटीले आज मनरा सिस्वा नगरपालिका वडा नं.४ जावखमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मुल धारमा ल्याउन प्रदेश सरकारले सामाजिक रूपान्तरणको अभियानलाई अघि बढाएको समेत पूर्व राज्य बताउनु भयो ।

आरक्षणको व्यवस्थाले सामाजिक रूपान्तरण भई सदियौँ देखी विभेदमा रहेका वर्ग राज्यको मूलधारमा ल्याउने विश्वास समेत व्यक्त गर्नु भयो । नव प्रवेशीहरुलाई स्वागत गर्दै पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जसपाकै नेतृत्वमा मुलुक शान्ति, स्थायित्व र विकासमा फड्को मार्ने उल्लेख गर्नु भयो ।

जसपा मनरा सिस्वा नगरपालिकाका नगर संयोजक महेन्द्र राय यादव जसपाका जिल्ला सदस्य मुद्दिन कवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मनरा सिस्वा नपाको विभिन्न पार्टीका करिब २ सय नेता कार्यकर्ताहरू नेकपा र विभिन्न पार्टी परित्याग गरी जसपमा प्रवेश गरेका छन् । कार्यक्रममा जसपा संयोजक मनरा सिस्वा महेन्द्र यादव, जिल्ला सदस्री रवीन्द्र सिंह सहित पार्टीका सङ्घीय परिषद् सदस्यहरू , गगनदेव यादव , राजकान्त झा, लगायतको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्