ट्रकमा लिफ्ट मागेकी १३ वर्षीया बालिका बला त्कृत, काभ्रेबाट दुई पक्राउ



काभ्रे । बालिकालाई बला त्कार गरेको आ रोपमा प्रहरीले दुई जनालाई प क्राउ गरेको छ । गत शनिवार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालकले बालिकालाई जबरजस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिवार भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित सडक खण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पुर्‍याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा-१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबरजस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले दुवै जनालाई प्रदेश-२-०३-००१ख १४८५ नंको  ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा धुलिखेल चोकबाट नियन्त्रणमा हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा पक्राउ परेकाहरूको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्